×

Dabur
MG

सुरक्षा वार्ताका लागि रुस जाँदै चिनियाँ विदेशमन्त्री वाङ

काठमाडाैं | असोज १, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

बेइजिङ–चीनका उच्च कूटनीतिज्ञ वाङ यीले सुरक्षा वार्ताका लागि सोमवारदेखि रुसको चारदिने भ्रमण सुरु गर्ने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

yONNEX
Sagarmatha Cement

चीन र रुस रणनीतिक सहयोगी हुन् र दुवै देशले बारम्बार आफ्नो ‘सीमाहीन’ साझेदारी र आर्थिक तथा सैन्य सहयोगको चर्चा गर्दै आएका छन् ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

गत वर्षको फेब्रुअरीमा रुसले युक्रेनमाथि गरेको आक्रमणपछि चीनले त्यसको आलोचना गर्न अस्वीकार गरेको थियो ।


Advertisment
Kumari
Saurya island
Pardeshi

चीनको विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै रूसी सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुशेभको निमन्त्रणामा वाङले रणनीतिक सुरक्षा परामर्श गर्ने जनाएको छ ।

Vianet communication
Laxmi Bank

यसअघिको ब्रिफिङमा रुसी विदेश मन्त्रालयले वाङले आफ्ना समकक्षी सर्गेइ लाभरोभसँग भेटवार्ता गर्ने र दुवैले ‘अन्तर्राष्ट्रिय परिदृश्यमा सहकार्यलाई मजबुत बनाउने प्रयासमा ध्यान केन्द्रित गर्ने’ योजना बनाएको बताएको थियो ।

‘युक्रेनमा समाधानसँग सम्बन्धित मुद्दाहरूको साथै एसिया–प्रशान्त क्षेत्रमा स्थिरता र सुरक्षा सुनिश्चित गर्ने तरिकाहरूमा विस्तृत विचार आदानप्रदान हुनेछ,’ विदेश मन्त्रालयका एक प्रवक्ताले भने । 

चीनले युक्रेन युद्धमा आफूलाई एक तटस्थ पक्षको रूपमा स्थापित गर्न खोजेको छ र मस्कोलाई एक महत्वपूर्ण कूटनीतिक र वित्तीय आधार प्रदान गरेको छ । यसको अन्तर्राष्ट्रिय अलगाव गहिरो हुँदै गएको छ । तर उसले रुसमा प्रत्यक्ष सैन्य संलग्नता वा घातक हातहतियार पठाउन भने रोकेको छ ।

गत महिना चीनका रक्षामन्त्री ली शाङ्फुले रूस र बेलारुसको भ्रमण गरी निकट सैन्य सहकार्यका लागि आह्वान गरेका थिए । 

हालैका महिनाहरूमा, दुई देशहरूले संयुक्त समुद्री र हवाई गस्ती गरेका छन्, जसले गर्दा दक्षिण कोरियाले सावधानीको रूपमा लडाकू विमानहरू तैनाथ गरेको छ ।

जुलाईमा भ्लादिमिर पुटिनका एक सहयोगीले रुसी राष्ट्रपतिले अक्टोबरमा चीन भ्रमण गर्ने योजना बनाइरहेको बताएका थिए । गत मार्चमा चिनियाँ राष्ट्रपति सी चिनफिङले मस्कोको राजकीय भ्रमण गर्दै दुई देशबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको घोषणा गरेका थिए । 

गत साता भ्लादिभोस्तोकमा आयोजित वार्षिक पूर्वी आर्थिक मञ्चको बैठकमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनका उपप्रधानमन्त्री झाङ गुओकिङलाई रुस र चीनबीचको सम्बन्ध ‘अत्यन्त अभूतपूर्व, ऐतिहासिक स्तरमा पुगेको’ बताएका थिए । –रासस

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ११, २०८०

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११औँ महाधिवेशनका लागि पुनःअध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन् ।  उनले आज यहाँ पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेकी हुन्...

असोज ११, २०८०

टर्कीए प्रहरीले अवैध ढङ्गले सुर्तीजन्य पदार्थ बेचेको आरोपमा तीन सय ७० जनालाई पक्राउ गरेको छ ।  अवैध सुर्तीजन्य पदार्थ उत्पादन गर्ने आपराधिक सङ्गठनविरुद्धको राष्ट्रव्यापी अभियानमा उनीहरूलाई पक्राउ गरिएको मन्त्र...

असोज १२, २०८०

युरोपेली सङ्घ (इयु)ले युक्रेनका शरणार्थीलाई इयु मुलुकमा सन् २०२५ को मार्चसम्म बस्न पाउने अधिकार सुनिश्चित गरेको छ । आफ्नो देशविरुद्ध रुसले आक्रमण गरेपछि पलायन भएका उनीहरूलाई सदस्य मुलुकमा आवासको अधिकार दि...

असोज ११, २०८०

म्याड्रिड– स्पेनको नयाँ प्रधानमन्त्री बन्नका लागि भएको संसदीय मतदानमा अल्बर्टो नुनेज–फेइजुको दाबी बुधवार संसद्ले अस्वीकृत गरेको छ । प्रधानमन्त्रीका लागि चाहिने आवश्यक १७८ मतमध्ये उनले १७२ मात्र प्रा...

असोज ११, २०८०

नियामे– नाइजरका लागि फ्रान्सका राजदूतले बुधवार बिहान राजधानी नियामे छोडेको फ्रान्सेली कूटनीतिक स्रोत र नाइजेरियाली सरकारी स्रोतले बताएका छन् ।  पश्चिम अफ्रिकी देश नाइजरमा सैनिक विद्रोहपछि सेनाल...

असोज ११, २०८०

कोलम्बो– श्रीलङ्काले कठिन तर अति आवश्यक सुधारहरू कार्यान्वयन गर्ने दिशामा प्रशंसनीय प्रगति गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले बुधवार जनाएको छ ।  श्रीलङ्काका सुधारहरू कार्यान्वयन गर्ने दिशामा गर...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x