
हास्य कलाकार राजु पौडेल (राजु मास्टर)ले आफ्नो नयाँ सिरियल ‘लफडा’ यही शुक्रवारदेखि प्रसारणमा आउने भएको छ ।
यो कमेडी सिरियल शुक्रवार बेलुका ८ः३० बजे ‘मास्टर टीभि’मार्फत सार्वजनिक गरिने उनले जानकारी दिएका छन् ।
राजु पौडेलकै कथा एवं निर्देशन रहने सिरियलमा उनी स्वयंमका साथमा कृष्ण शिवाकोटी, कमला रेग्मी, रवि डंगोल, मञ्जु श्रेष्ठ, श्री थापा, मुकुन्द मैनाली, अनिता बस्नेत, केशव सापकोटा लगायतको अभिनय रहनेछ ।
यस सिरियलमा मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’लाई भने दर्शकले हेर्न पाउने छैनन् ।
