×

अब कांग्रेसबाट समयको चेत बुझ्ने सभापति र प्रधानमन्त्री बन्नुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडाैं | असोज २, २०८०

नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नागरिकमा वितृष्णा बढेको भन्दै समयको चेत बुझ्नेर हाँक्न सक्ने सभापति एवं प्रधानमन्त्री आवश्यक भएको बताएका छन् । केन्द्रीय समिति बैठक बस्नुपूर्व सामाजिक सञ्जालमा लेख्दै शर्माले नवीन आशा र विश्वास दिलाउन सक्ने नेतृत्व स्थापित गर्नुपर्ने बताएका हुन् । 

‘कांग्रेस कस्तो बन्ने र कांग्रेसमा को बन्ने ? भन्दा महत्त्वपूर्ण प्रश्न समाजमा असन्तुष्टि किन छ, हामी त्यसमा कति दोषी छौं, वितृष्णा चिर्दै नवीन आशा र नयाँ विश्वासको लहर सृजना कसरी गर्न सकिन्छ ? महासमितिमार्फत् यी प्रश्नको निरुपणले देशलाई मार्ग दिन्छ र कांग्रेसलाई पनि ’ शर्माले लेखेका छन्, ‘पार्टी पंक्तिमा ऊर्जा ।  नागरिकको वितृष्णा चिर्दै नवीन विश्वास । ०८२ मा महाधिवेशन सुनिश्चितता । समय चेत बुझ्न र हाँक्न सक्ने सभापति र अबको प्रधानमन्त्री ।’


Advertisment

कांग्रेस पार्टी र विचार समूहले यिनै विषयलाई अब बहसको विषय बनाएर निष्कर्ष खोज्नुपर्ने शर्मा बताउँछन् । ‘कांग्रेसमा विचार समूहहरू र सिंगो संस्थाले विमर्शको केन्द्र यसैलाई बनाएर सार्थक बहस र तार्किक निष्कर्ष क्रमश खोज्नुछ । दलहरूमा फरक विचार र विचार समूह हुनु स्वाभाविक हो । कांग्रेसमा पनि छ/छन् । यो अभ्यासलाई हार्दिक ढंगले लिइनुपर्छ,’ शर्माले लेखेका छन्, ‘तर अहिलेको समय महासमितिबाट नीति, गति र मतिउपर साझा दृस्टी निर्माणको समय हो । यो कर्ममा महामन्त्रीले संयोजन र सम्पादन गर्नुपर्ने जरुरी विषयहरूप्रति सजग छुररहनेछु ।’


Advertisment

केन्द्रीय समितिको बैठक ४ असोजमा बस्दैछ । तर बैठकपूर्व नै डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक डाके पनि शर्माले यसमा सहभागिता नजनाउने संकेत गरेका छन् । 

शेखर पक्षले आज २ बजे हुने छलफलमा सहभागी हुन निम्ता दिए पनि शर्माले नजाने संकेत गरेको एक नेता बताउँछन् । 

अर्का नेता प्रदीप पौडेललाई पनि निम्ता दिइएको थियो । तर पूर्व निर्धारित कार्यक्रम अनुसार पौडेल चीनतर्फ उडेका छन् ।

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x