२८ जेठ २०८३, बिहीबार
कांग्रेसमा गुट–उपगुट

शेखर पक्षको भेला शुरू, को–को छन् सहभागी ?

असोज २, २०८०
काठमाडौं
शेखर पक्षको भेला शुरू, को–को छन् सहभागी ?

केन्द्रीय समितिको बैठकको तयारी गर्न नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बोलाएको भेला शुरू भएको छ । काठमाडौंको बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमा उनी पक्षधर पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापतिसहितका नेताको बैठक शुरू भएको हो । 

असोज ४ मा केन्द्रीय समितिको बैठक बस्ने भएपछि यसको तयारी गर्न कोइरालाले बैठक बोलाएका हुन् ।

 

बैठकमा कोइराला उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्रि पाण्डे, डा मीनेन्द्र रिजाल, सञ्जय गौतम, दीलेन्द्रप्रसाद बडू, दीपक गिरी, डा गोविन्दराज पोखरेलसहितका नेता सहभागी छन् । 

यस्तै दिनेश कोइराला, मधु आचार्य, सरिता प्रसाईं, प्रतिमा गौतमसहितका नेता पनि सहभागी भएको एक नेताले जानकारी दिए । कोइराला पहिलोपटक शेखरको गुटमा सहभागी भएका हुन् । 

बैठकमा महामन्त्री विश्वप्रकाश शर्मालाई बोलाइए पनि उनी सहभागी भएका छैनन् । अर्का नेता प्रदीप पौडेल भने चीन भ्रमणमा निस्किएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्