![उच्च अदालतका नवनियुक्त २७ न्यायाधीशको पदस्थापन, को कहाँ ? [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/nyaya_parisad_OuiCZelkbq_dvYhqmUYt3.jpg)
भदौ ३१ गते उच्च अदालतमा नियुक्त भएका २७ जना न्यायाधीशको पदस्थापन गरिएको छ । ती न्यायाधीशहरूको न्यायपरिषद्ले विभिन्न स्थानमा पदस्थापन गरेको हो ।
वेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा सचिव रहेका श्यामकुमार भट्टराईलाई उच्च अदालत पाटनमा पदस्थापन गरिएको छ । स्याङ्गजा जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीलाई उच्च अदालत जनकपुरको राजविराज इजलाशमा पदस्थापन गरिएको छ ।
यस्तै तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुंगानालाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलाशमा पदस्थापन गरिएको छ । यसैगरी धनसिंह महरालाई उच्च अदालत पोखरा, ब्रजेश प्याकुरेललाई उच्च अदालत पाटन, ऋषिराम निरौलालाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलाशमा पदस्थापन गरिएको छ ।
यस्तै चन्द्रमणि ज्ञवालीलाई उच्च अदालत पाटन, राजुकुमार खतिवडालाई उच्च अदालत पोखरा, योगेन्द्रप्रसाद साहलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलाशमा पदस्थापन गरिएको छ ।
यसैगरी खडानन्द तिवारीलाई पनि उच्च अदालत जनकपुरको वीरगञ्ज इजलाश, कविप्रसाद न्यौपानेलाई उच्च अदालत दिपायलको महेन्द्रनगर इजलाश र प्रकाश खरेललाई उच्च अदालत पाटनमा पदस्थापन गरिएको छ ।
त्यस्तै कृष्णराम कोइरालालाई उच्च अदालत पाटन, स्वीकृति पराजुलीलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलाश, काजीबहादुर राईलाई उच्च अदालत सुर्खेत र रितेन्द्र थापालाई उच्च अदालत विराटनगरमा पदस्थापन गरिएको छ ।
साथै मोहनराज भट्टराईलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलाश, अर्जुन अधिकारीलाई उच्च अदालत जनकपुरको राजविराज इजलाश तथा विनोदकुमार पोखरेललाई उच्च अदालत जनकपुरमा पदस्थापन गरिएको छ ।
त्यसैगरी नारायणप्रसाद रेग्मीलाई उच्च अदालत पाटन, सुशील कोइरालालाई उच्च अदालत विराटनगरको धनकुटा इजलाश, अचुतमकुमार आचार्यलाई उच्च अदालत तुलसीपुर र गोविन्द जोशीलाई उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलाशमा पदस्थापन गरिएको छ ।
यस्तै पुण्यशिला दवाडी घिमिरेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलाश, पूर्णप्रसाद राजबंशीलाई उच्च अदालत जनकपुरको राजविराज इजलाश, यज्ञबहादुर रानामगरलाई उच्च अदालत पोखराको बागलुङ इजलाश तथा अर्जुन महर्जनलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलाशमा पदस्थापन गरिएको छ ।
हेरौँ सूचीः