
गत आइतवार घरेलु टोली श्रीलंकाविरुद्ध फाइनलमा सनसनीपूर्ण प्रदर्शन गर्दै भारतले एसिया कप क्रिकेटको आठौं उपाधि जितेको थियो ।
झिनो ५१ रनको लक्ष्यलाई ६.१ ओभरमा पूरा गर्दै भारतले एसिया कपको उपाधि जितेको हो । झिनो रनको लक्ष्य पछ्याउँदा १० विकेटले विजयी भयो ।
मोहम्मद सिराजले ६ विकेट लिएपछि भारतले ५१ रनको झिनो लक्ष्य प्राप्त गरेको थियो ।
टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंकाका ब्याटिङ लाइनअप ध्वस्त बनाउने क्रममा भारतीय फास्ट बलर सिराजले सनसनीपूर्ण ६ विकेट लिए । फाइनलको प्लेयर अफ दी म्याचसमेत भएका सिराजको खेलको धेरैले प्रशंसा गरेका थिए । त्योभन्दा बढी उनले विकेट लिँदा गरेको सेलिब्रेसनको भइरहेको छ ।
एसिया कपको फाइनल भएको ३ दिन बित्नलाग्दा पनि सिराजको उक्त सेलिब्रेसनको चर्चा भइरहेको छ । यसबारे हालै ईएसपीएनले आफ्नो फेसबूक पेजमा समेत चर्चा गरेको छ ।
उक्त खेलमा सिराजले पोर्चुगिज फूटबल स्टार क्रिस्टियानो रोनाल्डो शैलीको ‘सिऊ....सेलिब्रेसन' गरेका थिए । यसैकारण उनी समग्र फूटबल र रोनाल्डोका समर्थकका माझ पनि चर्चाको विषय बनेका छन् ।