असोज ६, २०८०
विश्व शान्ति दिवसका अवसरमा काठमाडौंस्थित आत्मज्ञान प्रचार संघमा कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय कार्यालय समाखुशीसहित देशभरका झण्डै पाँच सय शाखामा शान्ति दिवस मनाइएको केन्द्रले जनाएको छ । कार्यक्रममा पूर्वमन्त्री...
यस वर्षको शरद ऋतुमा मनास्लु (आठ हजार १६३ मिटर) हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आएका छन् ।
पर्यटन विभागका अनुसार यो याममा मनास्लु आरोहणका लागि २६ आरोही समूहका ६५ महिलासहित कूल तीन सय एक आरोहीले आरोहण अनुमति लिएका हुन् । यो याममा मनास्लु हिमालसहित विभिन्न १० वटा हिमाल तथा चुली आरोहणका लागि ३५ आरोही समूहका कूल तीन सयन ३९ आरोहीले आरोहण अनुमति लिएका हुन् ।
विभागका निर्देशक राकेश गुरुङले मनास्लु आरोहणमा उल्लेख्य सङ्ख्यामा आरोही आएको र भदौ ३१ गते आइतबारदेखि धमाधम आरोहण भइरहेको जानकारी दिए। निर्देशक गुरुङका अनुसार यो यामको पहिलो आरोहणका रुपमा कीर्तिमानी आरोही निर्मल पुर्जाको टिमले आइतबार मनास्लु आरोहण गरेको थियो । योसहित अन्य तीन टिमले मनास्लु आरोहण गरेका छन् । अहिले धेरै आरोही आरोहणका क्रममा छन् । विभागले हिमाल आरोहण अनुमति दिने कार्य पनि जारी राखेको छ ।
मनास्लु हिमाल विश्वको आठौँ अग्लो र नेपालको सातौँ अग्लो हिमाल हो । शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम भएकाले पनि प्रत्येक वर्ष यो सिजनमा आरोहण गर्न उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेका छन् ।
सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लुको सफल आरोहण गरेका थिए । त्यसको दुई दिन अर्थात् मे ११ मा जापानिज नोर्बु हिगेता र किचिरो कातोले मनास्लु आरोहण गरेको रेकर्ड छ । सन् १९५६ मे १८ मा स्वीस नागरिक आन्स रेज र रिट्ज लुचिसिङ्गरले मनास्लु आरोहण गरेका थिए ।
विश्व शान्ति दिवसका अवसरमा काठमाडौंस्थित आत्मज्ञान प्रचार संघमा कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय कार्यालय समाखुशीसहित देशभरका झण्डै पाँच सय शाखामा शान्ति दिवस मनाइएको केन्द्रले जनाएको छ । कार्यक्रममा पूर्वमन्त्री...
बर्दियाको मधुवन नगरपालिका–३ खातामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीया भदैया थारू रहेकी जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्या...
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले नेपाल प्रहरी ‘सुरक्षित उपत्यका अभियान’मा लागेको बताएका छन् । सामुदायिक सेवा केन्...
पूर्वसभामुख दमननाथ ढुंगानाले नेपालको संविधानले ठूल्ठूला क्रान्तिकारी परिवर्तन अँगालेको भए पनि कार्यान्वयन पक्ष सुखद् नभएको बताएका छन् । नेपालको संविधान बनेको ८ वर्ष पूरा भएको अवसरमा श...
दाङको तुलसीपुरमा शनिवार खुकुरी प्रहारबाट महिलाको हत्या भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुराकी ४३ वर्षीया रिता लामिछानेको हत्या भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादु मल्लले जा...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षकसँग भएको सहमति कार्यान्वयन सांसदहरूको हातमा रहेको बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई) को २० औं वार्षिकोत्सवका अवसरमा आज आयोजित का...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...