कलैया, ४ असोज– बाराको कलैया उपमहानगरपालिकामा शुरुवाती अग्रता लिएको नेकपा एमालेलाई पछि पार्दै संघीय समाजवादी फोरमले अग्रता लिएको छ ।
फोरमका मेयर उम्मेदवार प्रमोद प्रसाद गुप्ता झण्डै २ सय मतले अगाडी लागेका छन् । गुप्ताले १ हजार ६ सय ६४ मत प्राप्त गरेका छन् ।
एमाले उम्मेदवार विनोद प्रसाद साहले १ हजार ४ सय ९३ मत पाएका छन् । नेपाली कांग्रेसका राजेश यादवले १ हजार १० मत प्राप्त गरेका छन् ।
संघीय फोरमका उम्मेदवार गुप्ता पूर्वसांसद हुन भने एमालेका साह उद्योग वाणिज्य संघ बाराका पूर्वअध्यक्ष हुन् ।
बाराकै जितपुर सिमना उपमहानगरपालिकामा भने नेकपा एमालेका उम्मेदवारको अग्रता कायमै छ ।