नेपाल एसबिआई बैंकले बूढानीलकण्ठ मन्दिरलाई डस्टबिन, टेन्ट क्यानोपी, क्यूआर स्ट्यान्डीलगायतका सामग्री प्रदान गरेको छ ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सामग्री प्रदान गरिएको बैंकले जनाएको छ ।
नेपाल एसबिआई बैंकका बागमती प्रदेश प्रमुख विनोदकुमार ढुंगेलले उक्त सामग्रीहरू मन्दिरका स्वामी निगमानन्द महाराजलाई प्रदान गरेका हुन् ।सामग्रीहरू हस्तान्तरण कार्यक्रममा नेपाल एसबिआई बैंक तथा मन्दिरका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
एसबिआई बैंकले हाल ९४ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट कार्यालयका साथै १२२ एटीएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।