२५ जेठ २०८३, सोमबार

कर्मचारी थकित भएको भन्दै नगरपालिकाले दियो सार्वजनिक बिदा

असोज ३, २०८०
काठमाडौं
कर्मचारी थकित भएको भन्दै नगरपालिकाले दियो सार्वजनिक बिदा

कर्मचारी थकित भएको भन्दै काभ्रेको मण्डनदेउपुर नगरपालिकाले बिहीवार सार्वजनिक बिदा दिएको छ ।​

बुधवार एक सूचना प्रकाशित गरी बिहीवारका लागि सार्वजनिक विदा दिने निर्णय भएको जनाएको हो ।

संविधान दिवसको अवसरमा नवनिर्मित भवनबाट सेवा प्रवाह गर्ने क्रममा तीन दिन लगातार काममा खटिँदा कर्मचारी थकित भएको नगरपालिकाको विज्ञप्तिमा उल्लेख छ ।

नगरपालिकाको मेयर टोकबहादुर वाइबा छन् ।

स्थानीय तह निर्वाचनमा उनी नेकपा एकीकृत समाजवादीबाट चुनाव जितेका थिए ।

हेर्नुहोस् सूचना

null

salt training

कमेन्ट गर्नुहोस्