
संविधान दिवसका दिन राप्रपा नेपालले बुधबार देशव्यापीरुपमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको छ। राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनासहित संघियताको खारेजीको माग राख्दै राप्रपा नेपालले विरोध प्रदर्शन गरेको हो।
प्रदर्शनका क्रममा काठमाडौंमा सो पार्टीका जिल्ला अध्यक्ष श्याम घिमिरे, सहायक महामन्त्री धनबहादुर थापा, ट्रेड युनियन महासंघका केन्द्रीय महासचिव आनन्द रिसाल, केन्द्रीय सदस्य कृष्ण कार्की तथा हेटौंडामा पार्टी जिल्ला सचिव भृगु कार्की सहित रमेश चौँलागाई, रोम सापकोटा, नवराज अधिकारी, कृष सापकोटा र कृष्चल सापकोटालाई प्रहरीले पक्राउ गरेको छ।
शान्तिपूर्ण प्रदर्शनमा पक्राउ गरिएका सबैलाई रिहा गर्न राप्रपा नेपालले विज्ञप्तिमार्फत माग गरेको छ ।
प्रदर्शनको क्रममा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विरोधमा पुत्ला दहन समेत गरिएको प्रवक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिए।