२६ जेठ २०८३, मंगलबार

नेपालमा लगानी विस्तारका लागि मुलुक बाहिरबाट पहल गर्न गैर आवासीय नेपाली संघलाई आग्रह

असोज ४, २०८०
काठमाडौं
नेपालमा लगानी विस्तारका लागि मुलुक बाहिरबाट पहल गर्न गैर आवासीय नेपाली संघलाई आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी विस्तारका लागि मुलुक बाहिरबाट पहल लिन गैर आवासीय नेपाली संघलाई आग्रह गरेका छन् । नेपालमा लगानीको सम्भावना र गैरआवासीय नेपाली सङ्घको भूमिकासम्बन्धी अन्तर्क्रिया कार्यक्रमलाई बुधबार जापानको राजधानी टोकियोमा सम्बोधन गर्दै अध्यक्ष ढकालले लगानी जुटाउन तथा प्रविधि भित्र्याउन गैरआवासीय नेपाली संघले मुलुक बाहिरबाट विशेष पहल गर्न सक्ने बताएका हुन् । 

नेपालमा पर्यटन पूर्वाधारको विकास, जलविद्युत, कृषि तथा कृषिजन्य उद्योग लगायत धेरै क्षेत्रमा लगानी विस्तारको प्रचुर सम्भावना रहेको उनले बताए । 

आइएमई ग्रुपका अध्यक्षसमेत रहेका ढकालले गैर आवासीय नेपालीहरूसँगको सहकार्यमा आईएमई ग्रुपले जलविद्युत् पर्यटन पूर्वाधार तथा अन्य धेरै क्षेत्रमा सहकार्य गरिसकेको जानकारी दिए । 

नेपाल उद्योग वाणिज्य महासंघ र गैर आवासीय नेपाली सङ्घबीच सुमधुर सम्बन्ध रहेको बताउँदै महासंघले गैरआवसीय नेपालीलाई नेपालमा उपयुक्त साझेदार छनौटको लागि समेत सहयोग गर्न सक्ने बताए ।

उनले पर्यटन पूर्वाधार, जलविद्युत, सूचना प्रविधि, केबलकार, रिजोर्ट तथा थिम पार्कहरूमा लगानी प्रवद्र्धनसँगसँगै प्रत्येक लगानीकर्तालाई नाफाको हिस्सेदार बनाउन सकिने प्रतिबद्धता समेत व्यक्त गरे ।

गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा बद्री केसी, उपाध्यक्ष महेश श्रेष्ठलगायतको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा अध्यक्ष ढकालले आफ्नो मातृभूमिमा लगानी गरी रोजगारी सृजना गर्ने तथा उचित मुनाफा कमाउने अवसरहरू छोप्न गैर आवासीय नेपाली संघ तयार रहेको बताए । 

उनले उद्यमशीलतामार्फत् नेपाललाई समृद्ध बनाउने यात्रामा गैर आवासीय नेपाली संघ र महासंघसँगसँगै अघि बढ्न तयार रहेको बताए । 

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापानले आयोजना गरेको कार्यक्रममा १०० जनाभन्दा बढी गैरआवासीय नेपालीहरूको उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्