२४ जेठ २०८३, आइतबार

कांग्रेस केन्द्रीय सदस्यहरूको पार्टी नेत्तृत्वसँग आग्रहः शिक्षकका समस्या समाधानमा अग्रसर हुनुहोस्

असोज ४, २०८०
काठमाडौं
कांग्रेस केन्द्रीय सदस्यहरूको पार्टी नेत्तृत्वसँग आग्रहः शिक्षकका समस्या समाधानमा अग्रसर हुनुहोस्

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले शिक्षकका समस्या छिटो समाधान गर्नका लागि प्रभावकारी अग्रसरता लिन पार्टी नेत्तृत्वसमक्ष आग्रह गरेका छन् । बिहीवार केन्द्रीय समितिको बैठकमा बोल्दै केन्द्रीय सदस्यहरू कल्याण गुरुङ, नैनसिंह महर र प्रतिमा गौतमले ठूलो दलको रुपमा कांग्रेसले शिक्षकको समस्या समाधानमा अग्रसरता लिनुपर्ने बताएका हुन् । 

‘शिक्षकहरू पढाउन छोडेर आन्दोलन गर्न राजधानीकेन्द्रित भइरहेका छन् । जतिसक्दो छिटो वार्ता गरेर समाधान गर्नुपर्छ,’ उनले भने । साथै गुरुङले केन्द्रीय समितिको बैठकमा  विषयकेन्द्रित गरेर छलफल हुने वातवरण बनाउनुपर्ने बताए । 

केन्द्रीय सदस्ीय प्रतिमा गौतमले शिक्षकको कारण राजधानीमा दुई जाम हुने अवस्था आएको भन्दै कांग्रेस आफैंले अग्रसरता लिएर निकास निकाल्नुपर्ने बताइन् । 

‘शिक्षकका कारण दुई घण्टा काठमाडौंमा जाम भयो । शिक्षा विधेयकलाई कसरी अगाडि बढाउने र समस्या समाधान कसरी गर्ने भन्नेमा अब छिट्टै टुंगोमा पुग्नुपर्छ,’ उनले भनिन् । 

सरकारले नागरिक अपेक्षा पूरा गर्न नसकेको भन्दै उनले अब यसका लागि कांग्रेस अग्रसर हुनुपर्ने बताइन् । 

‘सरकारले डेलिभरी दिन सकेन, नागरिकका निराशालाई चिरेर अगाडि बढ्ने हामीले सोचेनौं भने चुनौती झन् थपिन्छन्,’ गौतमले भनिन्, ‘यसैले जनताको अपेक्षा कांग्रेससँग छ हामीले अपेक्षा पूरा गर्छौ भनेर आवश्वासन दिएका छौं । यसैले नागरिकसँग जोडिएका अपेक्षा पूरा गर्न हामी नै अग्रसर हुनुपर्छ ।’

कांग्रेस सरकारमा हुँदा पार्टीका नेता कुटिनेसम्मको स्थिति आउनु दुःखद भएको उनले बताइन् । 

‘हामी सरकरमा छौं, तर हाम्रै सहमहामन्त्री र माननीय कुटिएका छन् । हामीले केही न केही गर्नैपर्छ,’ उनले भनिन्, ‘पार्टीका संरचना र भ्रातृ संस्थालाई पनि पूर्णता दिन ढिलाइ गर्नुहुन्न ।’

केन्द्रीय सदस्य नैनसिंह महरले वार्ता र संवाद गरी शिक्षकका समस्या समाधानमा सबैजना केन्द्रित हुनुपर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्