०५ असार २०८३, शुक्रबार
सहमतिको प्रयास विफल

सरकार र आन्दोलरत शिक्षकहरुबीचको वार्ता निष्कर्षविहीन

असोज ४, २०८०
काठमाडौं
सरकार र आन्दोलरत शिक्षकहरुबीचको वार्ता निष्कर्षविहीन

सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता निष्कर्षविहीन बनेको छ ।  विद्यालय शिक्षा विधेयकको विरोधमा दुई दिनदेखि राजधानीमा आन्दोलनरत शिक्षकहरूलाई सहमतिमा ल्याउने प्रयास स्वरूप गृह मन्त्रालयमा बिहीबार रातिसम्म चलेको वार्ता निष्कर्षविहीन बनेको हो । 
गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा भएको वार्तामा शिक्षकहरूले आफूहरुको १८ बुँदे माग सम्बोधन नहुँदासम्म आन्दोलन जारी रहने बताएका छन् । 

वार्तापछि कानुनमन्त्री धनराज गुरुङले शिक्षकहरुको मागबारे बुँदागतरुपमा छलफल भएको बताए । उनले छलफल सकारात्मक रुपमा अघि बढेकाे दाबी गर्दै शुक्रबार बिहान पुनः बैठक बसेर सहमति जुटाउन प्रयास गरिने बताए । 

‘आज मागबारे बुँदागत रुपमा छलफल भयो । छलफल सकारात्मक भएको छ’, उनले भने, भोलि बिहानसम्म टुंगिन्छ । बिहान ८ बजे फेरि बैठक बस्छ । सहमति भएपछि स्कुल पनि खुल्छ ।’

 नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णु प्रसाद भण्डारीले भने वार्तामा कुनै प्रगति नभएको बताए । सरकारले वार्ता समिति गठन गरेर औपचारिक पत्रसमेत नदिएको भन्दै पत्र आएपछि औपचारिक रुपमै वार्ता हुने बताए । 

‘आज सामान्य छलफलमात्रै भयो । औपचारिक वार्ता कमिटीका लागि पत्र लेखिँदैछ त्यसअघि औपचारिक वार्ता हुन्छ’, उनले भने । 
उनले सहमति नजुट्दासम्म आफूहरुको आन्दोलन स्थगित नहुने बताए । सहमति नहुँदासम्म देशभरको विद्यालयको पठनपाठन बन्द गरेर राजधानी केन्द्रित आन्दोलन जारी राखिने शिक्षक महासंघको भनाइ छ । 

बैठकमा सरकारको तर्फबाट गृहमन्त्री श्रेष्ठसहित, कानुनमन्त्री गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चारमन्त्री रेखा शर्मालगायतको उपस्थिति रहेको थियो भने आन्दोलनरत पक्षको तर्फबाट महासंघका प्रतिनिधिहरुको सहभागिता थियो । 

salt training

कमेन्ट गर्नुहोस्