०५ साउन २०८३, मंगलबार

कृषिमा आत्मनिर्भर बन्नका लागि ११ पकेट क्षेत्र बनाउँदै बागमती प्रदेश​

असोज ५, २०८०
काठमाडौं
कृषिमा आत्मनिर्भर बन्नका लागि ११ पकेट क्षेत्र बनाउँदै बागमती प्रदेश​
फाइल फोटो

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने योजनाअनुसार ११ वटा पकेट क्षेत्र बनाउने तयारी भइरहेको बताएका छन् ।

बागमती प्रदेश युवा परिषद्‌को आयोजनामा आज हेटौँडामा भएको प्रदेश युवा स्वयंसेवकहरूको पुनर्ताजगी तालिमका क्रममा पकेट क्षेत्रमार्फत एक लाखलाई उत्पादनसँग जोडिने उनले बताए ।

प्रदेश सरकारले अब समुदायमा आधारित कृषिमा लगानी गर्ने योजनाका साथ काम गरिरहेको उनको भनाइ थियो ।

प्रदेश सरकारले बहुवर्षीय योजना बनाएर काठमाडौं र भक्तपुर बाहेकका ११ वटा जिल्लामा उत्पादनका आधारमा पकेट क्षेत्र घोषणा गरेर लगानी गर्ने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्