
सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा शुक्रवार साँझ अबेरसम्म भएको वार्तामा ६ बुँदे सहमति भएको हो ।
सहमति पत्रमा सरकारको तर्फबाट शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी तथा शिक्षक महासंघको तर्फबाट अध्यक्ष कमला तुलाधरले हस्ताक्षर गरेका छन् ।
सिंहदरबारमा भएको सहमतिसँगै आन्दोलतरत शिक्षकहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरूको मर्यादाक्रम कायम गर्नेजस्ता बुँदा सहमति पत्रमा समावेश छन् ।
यस्तै विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका विभिन्न व्यवस्थाहरूमा संसद्को सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडि बढाउन सहजीकरण गर्नेलगायत विषय छन् ।
यस्तो छ ६ बुँदे सहमतिः


