०५ असार २०८३, शुक्रबार

चिनीको मूल्य प्रतिकेजी १५० रुपैयाँसम्म पुग्यो

असोज ६, २०८०
काठमाडौं
चिनीको मूल्य प्रतिकेजी १५० रुपैयाँसम्म पुग्यो

नेपालीको ठुला चाडपर्व दसैँ, तिहार नजिकिँदै गर्दा चिनीको भाउ महँगो हुुनुु नौलो होइन तर यो पटक त चिनी प्रतिकेजी १५० रुपैयाँसम्म पुुगेको छ । त्यो पनि सहज रूपमा सबै पसलमा पाइँदैन ।

 एक महिनाअगाडि मात्रै प्रतिकेजी १०० रुपैयाँमा कारोबार भएको चिनी अहिले बढेर १५० रुपैयाँसम्म पुुगेको हो । नेपालीको  ठुला  चाडपर्व  दसैँ,  तिहार  र  छठमा  जुुन  बेला  चिनीको  बढी  खपत  हुुन्छ  त्यो  बेलामा  सीमित  व्यापारीले  बजार  नियन्त्रणमा  लिई  चिनीको  कृत्रिम  अभाव  सिर्जना  गरी  मूल्यमा  कालोबजारी हुँदासमेत सरकारका जिम्मेवार निकाय कहाँ छन् ? आमउपभोक्ता प्रश्न गरिरहेका छन् ।

 उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले सरकारका कारण नेपाली उपभोक्ता महँगीको मारमा परेको बताए । त्यसो त महर्जन अध्यक्ष रहेकोराष्ट्रिय उपभोक्ता मञ्चले तीन महिनाअगाडि नै अनुुदानको चिनी खरिद गरी सरकारको मातहतमा रहेका खाद्य, व्यवस्था  तथा  व्यापार  कम्पनी  र  साल्ट  टे«डिङ  कर्पोरेसनमार्फत  सर्वसाधारण  उपभोक्तालाई  बिक्री  गर्ने  व्यवस्था  गर्न  सरकारसँग  माग  गरेको  थियो  ।  हाल चिनीमा भएको कालोबजारी नियन्त्रणका लागि सरकारले हस्तक्षेप नगरेसम्म बजारमा भाउ नियन्त्रण नहुुने उनको भनाइ छ, गोरखापत्रले खबर छापेको छ । 

salt training

कमेन्ट गर्नुहोस्