कात्तिक १९, २०८०
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘एचपीभी’ अभियानको समय थप गरिएको छ । यही असोज ५ गतेसम्म सञ्चालन गर्ने भनिएको खोप अभियान पाँच दिन थप गरी असोज १० गतेसम्म सञ्चालन हुने भएको हो ।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले शैक्षिक हडताल, संविधान दिवसलगायत कारणले लगातार बिदा परेकाले खोप लगाउने समय थप गरिएको जानकारी दिए । उनका अनुसार यसअघि पनि बिदा परेकाले विद्यार्थी खोप लगाउन नआएपछि पाँच दिन थप गरिएको थियो ।
‘लगातारको सार्वजनिक बिदाले विद्यार्थी (किशोरी) खोप लगाउन आएनन्,’ उनले भने, ‘त्यही भएर लक्षित किशोरीलाई खोप लगाउनका लागि समय थप गरिएको हो ।’ तीज, संविधान दिवस र शैक्षिक हडतालले खोप लगाउने कार्य प्रभावित भएको उनको भनाइ थियो ।
डा गौतमका अनुसार अहिलेसम्म ६४.४३ किशोरीले मात्र एचपिभी खोप लगाएका छन् । सरकारले पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप ‘एचपीभी’ नौ हजार नौ सय ९९ किशोरीलाई लगाउने लक्ष्य राखेकामा अहिलेसम्म छ हजार चार सय ४२ किशोरीले खोप लगाइसकेका उनले जानकारी दिए ।
कोशी प्रदेशका सबै किशोरीले खोप लगाइसकेका छन भने मधेस प्रदेशको वीरञ्गजस्थित नारायणी अस्पतालमा एक हजार दुई सय ७२, बागमती प्रदेशको परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा आठ सय २५, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आठ सय ५९, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँकेमा चार सय ८९, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत सात सय ८५ र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमामा एक सय ९३ जना किशोरीले एचपीभी खोप लगाइसकेका खोप शाखाका प्रमुख डा गौतमले जानकारी दिए । उनका अनुसार सबभन्दा कम प्रसूति अस्पतालमा २७ प्रतिशत किशोरीले मात्र खोप लगाएका छन् ।
यही भदौ २७ गते सात प्रदेशका सातवटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि एचपिभी खोप ‘डेमोस्ट्रेसन’का रुपमा सञ्चालन गरिएको छ । खोपको पहिलो मात्रा अहिले दिइने र छ महिनापछि दोस्रो मात्रा दिइनेछ ।
एचपीभी खोप दुई मात्रा लगाए पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमणबाट ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने डा गौतमले बताए । यसअघि सरकारले सन् २०१६–१७ मा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप नमूनाका रुपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो । -रासस
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
नीममा रहेका गुणहरूले अनेकौं रोगको उपचार काम गर्छन् । यसका औषधीय गुणका कारण आयुर्वेदमा यसको प्रयोग हजारौं वर्षदेखि हुँदै आइरहेको छ । नीमलाई संस्कृतमा अरिष्ट भनिन्छ जसको अर्थ लाग्छ श्रेष्ठ, पूर्ण र कहिल्यै खराब नह...
काठमाडौं — गोलभेंडाले खानाको स्वाद बढाइदिन्छ र यसमा स्वास्थ्य बढाउने तत्त्व पनि भरपूर हुन्छ । सूप, सलाद र अचारमा गोलभेंडा उपयुक्त हुन्छ अनि यसले छालाको चमक पनि बढाइदिन्छ । गोलभेंडामा भएको ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...