
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षकसँग भएको सहमति कार्यान्वयन सांसदहरूको हातमा रहेको बताएका छन् ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई) को २० औं वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री राईले यस्तो बताएका हुन् । ‘नेपाल शिक्षक महासङ्घसँग भएको छ बुँदे सहमति कार्यान्वयन सार्वभौम संसद्का सदस्यको हातमा रहेको छ’ उनले भने ।
संसद्मा दर्ता भइसकेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा सम्बोधन हुनुपर्ने विषय संसद्ले गर्ने उनको भनाइ थियो ।
त्यसका लागि सरकारले सहजीकरण गर्ने उनले बताए ।