कात्तिक २५, २०८०
थुप्रै अभिनेत्रीहरू विवाहपछि फिल्म क्षेत्रबाट गुमनाम छन् । एक समयका निकै हिट अभिनेत्रीहरू विपना थापा, अरुणिमा लम्साल, सज्जा मैनालीदेखि गरिमा पन्त, सुमिना घिमिरेसम्मलाई दर्शकले फिल्ममा नदेखेको लामो समय भइसक्यो ।&...
सजिल बस्नेतको सर्ट फिल्म ‘बबल’ले एक लाख रूपैयाँ नगद पुरस्कार जितेको छ । अस्कर कलेजले आयोजना गरेको पहिलो युवा सर्ट फिल्म प्रतियोगितामा बस्नेतले प्रथम पुरस्कार स्वरूप सो रकम जितेका हुन् ।
त्यसैगरी प्रतियोगितामा क्षितिज जैसवालको ‘वैराग्य’ले दोस्रो र देव तामाङको ‘खोक्रो’ तेस्रो हुँदै क्रमशः ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । दुई दशकदेखि फिल्मको प्राज्ञिक अध्यापन गर्दै आएको अस्कर कलेजले आयोजना गरेको ‘पहिलो सर्ट फिल्म प्रतियोगिता’मा १९ वर्षमुनिका उमेर समूहका युवा फिल्मकर्मीबीच प्रतिस्पर्धा गराइएको थियो । गत भदौमा फिल्महरू आह्वान गरिएको प्रतियोगितामा २५ फिल्ममध्येबाट माथिका तीन फिल्म प्रथम, द्वितीय र तृतीय हुन सफल भएका हुन् ।
२५ मध्येबाट सात वटा फिल्म सर्ट लिस्टमा परेका थिए । जसमध्ये निराकारभक्त राईको द पोयटलाई स्पेसल मेन्सन अवार्ड प्रदान गरियो ।
काठमाडौंको सुकेधारास्थित अस्कर कलेजमा शुक्रबार सर्ट लिस्टमा परेका सात फिल्म प्रदर्शन गरी पुरस्कार घोषणा गरिएको हो । सात वटा फिल्म प्रदर्शन गरेपछि निर्देशक तथा अभिनेता निश्चल बस्नेतले ती फिल्मका निर्देशकहरूलाई सर्टिफिकेट प्रदान गरे ।
प्रतिस्पर्धामा समावेश फिल्महरू मनोजबाबु पन्त, फिल्म निर्देशक निरन्जनराज भेटवाल र छायाँकार उज्जवल बस्ताकोटीको जुरीले छनौट गरेको हो । अस्कर कलेजका एकेडेमिक डाइरेक्टरसमेत रहेका जुरीमध्येका एक मनोजबाबु पन्तले भने, ‘विषयवस्तुको छनौट, कथा भन्ने शिल्प, प्राविधिक पक्ष, दृश्य भाषालाई छनौटजस्ता पक्षलाई मुख्य आधार बनाएर हामीले उत्कृष्ट फिल्महरू चयन गरेका हौं ।’
उनले प्रतियोगितामा नयाँ पुस्ताको सपना, आशा र निराशाका विषयका फिल्महरू बढी आएको जानकारी दिए ।
‘अहिलेको नयाँ पुस्ता विश्व सिनेमा र सर्ट फिल्मबारे अपडेटेड छ । प्रतियोगिता जितेका फिल्महरू परम्परागत शैली नपछ्याई कथा र प्रविधि दुवैमा नयाँ प्रयोग गरिएका छन्’, उनले भने ।
प्रतिस्पर्धामा पुरस्कृत चार फिल्मका निर्देशकलाई अस्कर कलेजमा अध्ययन गर्न चाहेमा ५० प्रतिशत स्कलरसिप समेत दिने व्यवस्था गरिएको छ ।
थुप्रै अभिनेत्रीहरू विवाहपछि फिल्म क्षेत्रबाट गुमनाम छन् । एक समयका निकै हिट अभिनेत्रीहरू विपना थापा, अरुणिमा लम्साल, सज्जा मैनालीदेखि गरिमा पन्त, सुमिना घिमिरेसम्मलाई दर्शकले फिल्ममा नदेखेको लामो समय भइसक्यो ।&...
इओन लिम्बु र सिमोन गिरी दुवैका लागि पहिलो फिल्म हो – ‘दुई कदम’ । यो लभस्टोरी फिल्मलाई उदय सुब्बाले निर्देशन गरेका हुन्, जुन मंसिर २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । अहिले प्रचारप्रसारको ...
हलमा सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्रको रेकर्ड राखेको ‘कबड्डी ४’ले युट्युबमा पनि निकै लोभलाग्दो भ्युज पाइरहेको छ । युट्युबमा सार्वजनिक भएको तीन सातामै यो चलचित्रले एक करोड बढी भ्युज पाइस...
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
नेपाली साङ्गीतिक क्षेत्रका हिट गायक हुन् प्रकाश सपूत । उनले हरेक गीतबाट स्रोता दर्शकको अद्भूत माया पाउँदै आएका छन् । ‘बोलमाया’देखि ‘सकम्बरी’सम्म आउँदा प्रकाशले अधिकांश गीतबाट लोभल...
यसपालिको दशैं नेपाली चलचित्र (फिल्म)का लागि सफल रह्यो । दशैंको अवसर पारेर प्रदर्शनमा आएका ‘परदेशी २’ र ‘पशुपतिप्रसाद २ः भस्मे डन’ दुवै फिल्मले राम्रो व्यापार गरे । घरेलु बक्स अफिसमा यी...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...