काठमाडौँमा पछिल्लो समय गोलभेँडाको मूल्य घट्न थालेको छ । निरन्तर घट्ने क्रममा सोमबार गोलभेँडा ठूलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ३५ रुपैयाँ रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
यसैगरी नेपाली साने गोलभेँडाको ५५ तथा टनेलको गोलभेँडाको मूल्य ७८ रुपैयाँ रहेको छ । यसैगरी भारतीय साने गालेभेँडाको भाउ प्रतिकिलो अधिकतम मूल्य ३५ रुपैयाँ रहेको छ ।
यसैगरी आलु रातोको ५८, भण्टा लाम्चोको ३०, चिचिण्डोको ४०, बरेलाको १३०, मौसमको १८०, अनारको ४५० रुपैयाँ रहेको छ ।
मूल्यसूची विस्तृतमा हेर्नुहोस्ः