०५ साउन २०८३, मंगलबार

सभापति र हामीबीच पार्टी कब्जा गर्ने होडबाजी चल्दा जनता अर्कैले कब्जा गरिसकेः अर्जुननरसिंह केसी

असोज ८, २०८०
काठमाडौं
सभापति र हामीबीच पार्टी कब्जा गर्ने होडबाजी चल्दा जनता अर्कैले कब्जा गरिसकेः अर्जुननरसिंह केसी

नेपाली कांग्रेस नेता अर्जुननरसिंह केसीले पार्टी कब्जा गर्ने होबबाजी चल्दा जनता अर्कैले कब्जा गरिसकेका बताएका छन् । केन्द्रीय समितिको बैठकमा धारणा राख्दै केसीले आ–आफ्नो ढंगले पार्टी कब्जा गर्न खोज्ने प्रतिस्पर्धामा जनताले कांग्रेसको विकल्प खोजिरहेको बताएका हुन् । 

‘हामी पार्टीका कब्जाको दौडमा छौं । सभापति आफ्नो ढंगले लाग्नुभएको होला । हामी आफ्नो ढंगले लागेका छौं । आ–आफनो ढंगले हामी पार्टी कब्जा गर्दैछौ । तर जनता अर्कैले कब्जा गर्न थाले,’ केसीले भने, ‘हामीसँग असन्तुष्टि भएपछि जनतले विकल्प खोज्न थालिसके । मधेश, पहाड, हिमाल, जाजित जनजाति सबैतिर यस्तो अवस्था छ ।’

बेथिति, विकृति, अराजकता बढेको भन्दै नागरिकले भरोसा गर्नै नसक्ने स्थिति आएको उनले बताए । 

‘सिंहदरबार जलाउँदा लाखौंको समर्थन आउँछ । हाम्रा नेतालाई खुकुरी हान्दा लाखौंको समर्थन आउँछ । देश अराजकतातिर जाँदैछ । कांग्रेस सचेत हुनुपर्छ । सम्पूर्ण रुपले गम्भीर नभए झन् ठूलो समस्या आउँछ,’ केसीले भने । 

केसीले महासमितिलाई कर्मकाण्डी बनाउन नहुने बताए । 

‘हामी महासमितिमा केन्द्रित छौं । यसमा प्रवेश गर्नुअघि आर्थिक, सामाजिक, राजनीतिक निराशालाई कसरी चिर्ने भनेर लाग्नुपर्छ,’ केसीले भने, ‘यसलाई नचिरे कर्मकाण्डी महासमितिले निकास दिँदैन ।’

salt training

कमेन्ट गर्नुहोस्