०१ असार २०८३, सोमबार

धनुषामा कांग्रेसको दोस्रो जीत, जनकनन्दनीको अध्यक्षमा विजयी

कात्तिक २०, २०७४
धनुषामा कांग्रेसको दोस्रो जीत, जनकनन्दनीको अध्यक्षमा विजयी

सप्तरी, ५ असोज– नेपाली कांग्रेसले धनुषा जिल्लामा दोस्रो जीत दर्ता गरेको छ । धुनषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

जनकनन्दनीको अध्यक्षमा नेपाली कांग्रेसका अब्दुल बारिक शेख २७१७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका विपिनदेव यादवले २१८० मत प्राप्त गरे ।

जनकनन्दनीको उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै भारती कार्की ३०५१ मत ल्याएर विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी रिंकुदेवी खिरहरले १९६५ मत प्राप्त गरिन् ।

salt training

कमेन्ट गर्नुहोस्