
धनुषा, ५ असोज - खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवको गाउँ, लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर तीन धनुषामा नेपाली कांग्रेसका उम्मेदवार वडा अध्यक्षमा पराजित भएका छन् ।
सो वडामा संघीय समाजवादी फोरमका हिरा यादव अध्यक्षमा विजयी भएका छन् । नेपाली कांग्रेसका महानन्द यादव चाहिँ दोब्बर मत अन्तरले पराजित भएका छन् ।
उक्त वडामा मेयरका उम्मेदवार कुमारकान्त झालाई तीन सय २७ मत प्राप्त भएको छ । फोरमका विन्देस्वर यादवलाई चाहिँ ८ सय मत प्राप्त भएको सहकर्मी अजय अनुरागीले बताएका छन् ।
पूर्व राष्ट्रपति रामवरण यादवका भतिज शमीर यादवलाई चाहिँ सो वडाबाट मेयर पदमा ३ सय ५० मत आएको छ । शमीर कांग्रेसमा बागी उठेका हुन् ।