×

NMB BANK
NIC ASIA

गण्डकी प्रदेश लोकसेवाले माग्यो ठुलो संख्यामा कर्मचारी, कसरी दिने आवेदन ? (सूचनासहित)

काठमाडाैं | असोज १०, २०८०

NTC
Premier Steels

गण्डकी प्रदेश सरकारले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । प्रदेश निजामती सेवा र स्थानीय सेवाका सातौँ र आठौँ तहका पदहरुमा अन्तर तह, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्नेगरी दरखास्त आह्वान भएको हो । 

Muktinath Bank

जसअनुसार आठौँ तहमा मेडिकल अधिकृतदेखि आयुर्वेदिक चिकित्सकसम्म माग भएको छ । यसैगरी सातौँ तहमा खाद्य अधिकृतदेखि कृषि अर्थविज्ञसहितका ५४ पदमा दरखास्त आह्वान भएको छ । इच्छुक उम्मेदवारले असोज ३० भित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यही असोज ३० सम्म २१ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेको साथै महिला वा अपाङ्ग उम्मेदवारको हकमा ४० वर्ष ननाघेकाले आवेदन दिन सक्नेछन् । साथै स्वास्थ्य सेवा तर्फका पदमा दरखास्त दिन उमेरको हद २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । तर संघीय निजामती सेवा, जुनसुकै प्रदेशको प्रदेश निजामती सेवा र स्थानीय सेवाका बहालवाला स्थायी कर्मचारीको हकमा उमेरको हद नलाग्ने जनाइएको छ ।


Advertisment
Nabil box
Kumari

यस्तै स्थानीय सेवाका खुला प्रतिस्पर्धाद्वारा पूर्ति हुने पदहरूमा स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐनअनुसार २०६३ सालभन्दा अगाडिदेखि साबिक स्थानीय निकायको दरबन्दीमा अस्थायी वा करारमा नियुक्ति भई निरन्तर रूपमा कार्यरत रहेका कर्मचारीको हकमा पनि उमेर हद नलाग्ने जनाइएको छ ।  यस्तै आयोगले बढुवाको सूचना पनि निकालेको छ । 
आवेदन कसरी दिनेलगायतका सम्पूर्ण जानकारीका लागि सूचना हेर्नुहोस्

Vianet communication

null

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

 खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहायक तहको विज्ञापनको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।   लिखित परीक्षाको अङ्क, सीप परीक्षणको अङ्क र अन्तर्वार्ताको औषत अङ्क समेतको कूल योगको आधारमा सफल उम्म...

असोज २४, २०८०

लोकसेवा आयोगले आयोगसँग सम्बन्धित विभिन्न सूचना प्रकाशित गरेको छ । जसअनुसार एकीकृत परीक्षा अन्तर्गत खरिदार वा सो सरहको पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।  यस्तै आयोगले अन्तर्वार्ता,...

पुस ४, २०८०

नेपाल खानेपानी संस्थानले करारमा नियुक्ति गर्नेगरी कर्मचारी माग गरेको छ । संस्थान बुधबार एक सूचना प्रकाशित गर्दै योग्यता पुगेका उम्मेदवारलाई दरखास्तका लागि आह्वान गरेको छ ।  जसअनुसार जुनियर प्लम्बर, असिस्...

मंसिर १३, २०८०

लोकसेवा आयोग केन्द्रीय कार्यालयले बुधबार विभिन्न सूचना प्रकाशित गरेको छ । आयोगले अन्तरवार्ता र सिफारिससम्बन्धी सूचना प्रकाशित गरेको छ ।  यस्तै परीक्षा केन्द्र तय, पुनर्र्योगको नतिजासम्बन्धी विषय पनि सूचनामा प्र...

बैशाख ७, २०८१

नेपाल टेलिकमले विभिन्न पदमा स्थायी नियुक्ति गर्नेगरी कर्मचारी माग गरेको छ।  टेलिकमले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।  उपप्रबन्धक, वरिष्ठ इन्जि...

मंसिर १०, २०८०

सडक विभागले सिफारिसअनुसार नियुक्ति लिन नआएका ९ जना उम्मेदवारको नाममा सूचना जारी गरेको छ । विभागले आइतबार जारी गरेको सूचनामा नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, हाइवे उपसमूह, राजपत्र अनंकित प्रथम श्रेणी ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x