०७ असार २०८३, आइतबार

पर्यटन दिवस: लुम्बिनीमा पर्यटकलाई स्वागत

असोज १०, २०८०
बुटवल
पर्यटन दिवस: लुम्बिनीमा पर्यटकलाई स्वागत

४४औँ विश्व पर्यटन दिवसका अवसरमा बुद्वजन्मस्थल लुम्बिनीमा बुधबार बिहान पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले चीन र फ्रान्सबाट आएका पर्यटकलाई मायादेवि प्रवेशद्वारमा स्वागत गरेका हुन् । 

पर्यटकलाई स्वागत गर्दै उपाध्यक्ष डा. लामाले लुम्बिनीलाई विश्व शान्तिको केन्द्र भएको बताउँदै लुम्बिनी भ्रमणका लागि आह्वान गरे । 

null

उनले विश्व पर्यटन दिवसको अवसरमा विश्वले बुद्वजन्मस्थल लुम्बिनीलाई बौद्विष्टहरूको  भ्रमण केन्द्र बनाउन आग्रह गरे । लुम्बिनी विकास कोष र लुम्बिनी होटल संघ नेपालले संयसक्त रूपमा पर्यटकलाई स्वागत गरेर दिवस मनाएका हुन् ।

लुम्बीनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, वरिष्ठ निर्देशक ज्ञानिन राई, लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवाली, कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई लगायतले पर्यटकलाई खादा र उपहार दिएर स्वागत गरेका थिए ।  

सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउँदै आइएको हो ।

कमेन्ट गर्नुहोस्