कात्तिक २४, २०८०
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
अब बैंकहरूले एक दिनमा २० किलोग्रामसम्म सुन आयात गर्न पाउने भएका छन् ।
विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७९ मा संशोधन गर्दै एक दिनमा २० किलो सुन आयात गर्न सकिने प्रावधान राखिएको छ ।
‘सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ को दफा ४(क), दफा ८ र दफा २४ लाई देहायबमोजिम संशोधन गरिएको छ दफा ४(क) आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २० (बीस) किलो कायम गरिएको छ,’ नेपाल राष्ट्र बैंकले जारी गरेको परिपत्रमा उल्लेख छ ।
तर, दैनिक निर्धारित सीमाको परिमाणमा नबढ्ने गरी आयात गर्न सकिने प्रावधान राखिएको हो ।
मूल्यको दृष्टिकोणले मितव्ययी तथा लाभदायी हुने भएमा दैनिक निर्धारित सीमाको परिमाणमा नबढ्ने गरी आवश्यकता अनुरुपको मितव्ययी परिमाणमा एकमुष्टरूपमा समेत सुन आयात गर्न सकिनेछ । तर, यस्तो एकमुष्टरूपमा आयात गर्दा आगामी दिनको लागि अग्रिमरूपमा आयात गर्न र व्यतीत भएको कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिनामा आयात गर्न पाइने छैन ।
’व्यतीत भएको कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिनामा आयात गर्न पाइने छैन भन्नाले कुनै वर्षको एक महिना (उदाहरणको लागि साउन महिना) मा दैनिक तोकिएबमोजिमको परिमाणको सुन आयात नभएमा त्यस्तो सुन तत् (साउन महिना) पश्चातका महिनाहरूमा आयात गर्न पाइने छैन । तर, कुनै एक महिना (उदाहरणको लागि साउन महिना)को कुनै समयसम्म दैनिक तोकिएबमोजिमको परिमाणको सुन आयात नभएमा सोही महिना (साउन) मित्र त्यस्तो सुन आयात गर्न भने बाधा पर्ने छैन,’ परिपत्रमा उल्लेख छ ।
बैंकबाट सुन खरिद गर्ने व्यवसायीले आफूले बिक्री उपयोग गरेको सुनको संलग्न अनुसूची २ बमोजिमको ढाचामा प्रत्येक महिना समाप्त भएको ७ दिनभित्र सम्बन्धित बैंकमा मासिक विवरण बुझाउनु पर्नेछ । यस्तो विवरण विद्युतीय माध्यमबाट समेत बुझाउन सकिनेछ ।
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
कास्कीको माछापुच्छ्रेका मीनबहादुर गुरुङ असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै सात सय च्याङ्ग्रा लिएर आए । बागलुङसम्म आउँदा उनले जम्मा ३७ वटा मात्रै च्याङ्ग्राको व्यापार गरे । बागलुङ, पर्वत, कास्क...
तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
काठमाडौंको सीतापाइलाबाट करिब ४ किलोमिटरभित्र कल्लाबारी पर्छ । ह्वाइट गुम्बा पछाडि नागार्जुन वडा नम्बर ६ मा पर्ने यो ठाउँको दृश्य निकै मनमोहक देखिन्छ । हुन पनि डाँडाको एक पाखो पूरै फूलैफूलल...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...