२६ असार २०८३, शुक्रबार

बर्दिवासमा कांग्रेस र माओवादीको टक्कर, ४६ मतको अन्तर

कात्तिक २०, २०७४
बर्दिवासमा कांग्रेस र माओवादीको टक्कर, ४६ मतको अन्तर

महोत्तरी ५ असोज– माओवादी केन्द्रको गढ ठानिएको महोत्तरीको बर्दिवास नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच कडा प्रतिष्पर्धा देखिएको छ ।

मेयरमा कांग्रेस र माओवादीका उम्मेदवारबीच जम्मा ४६ मतको अन्तर छ । मेयरमा कांग्रेसका प्रल्हाद क्षेत्रीले ४ हजार २ सय ८४ मत प्राप्त गरेका छन् । उपमेयरमा पनि कांग्रेस उम्मेदवारले ३ हजार २ सय ४० मत प्राप्त गरेकी छिन् ।

यस्तै माओवादीबाट मेयरका उम्मेदवार विदुर कार्कीले ४ हजार २ सय ३८ तथा उपमेयरकी उम्मेदवारले ४ हजार १ सय ३२ मत प्राप्त गरेकी छिन् ।

एमालेका सुरेश राउतले २ हजार ८ सय मत प्राप्त गरेका छन् । बर्दिबास माओवादी नेता तथा अहिलेका स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले दुईपटक चुनाव जितेको क्षेत्र पनि हो ।

salt training

कमेन्ट गर्नुहोस्