
एकदिवसीय (ओडीआई) विश्वकप खेल्न बाबर आजमको कप्तानीमा आएको पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीलाई भारतमा ‘न्यानो’ स्वागत गरिएको छ ।
बुधवार साँझ गुजरातस्थित हैदराबाद पुगेको पाकिस्तानी टोलीलाई त्यहाँ न्यानो स्वागत गरिएको पाकिस्तान क्रिकेट बोर्ड (पीबीसी)ले जनाएको छ ।
राजनीतिमा जस्तै क्रिकेटमा पनि भारत र पाकिस्तान ‘शत्रु राष्ट्र’ हुन्, तर ७ वर्षपछि टोली आफ्नो भूमिमा आउँदा भारतीय नागरिकले समेत भव्य स्वागत गरेका छन् ।
विश्वकप क्रिकेट प्रतियोगिता ५ अक्टोबरमा सुरू भएर १९ नोभेम्बरमा सकिने छ । यो प्रतियोगिता भारतका १० शहरमा हुँदैछ ।
भारत र पाकिस्तानसँगै १० टोलीले राउण्ड रोबिन लिग खेल्नेछन् । जसमध्ये ४ टोली सेमिफाइनलमा पुग्नेछन् । १४ अक्टोबरमा भारत र पाकिस्तान आमने–सामने हुँदैछन् ।