०९ असार २०८३, मंगलबार

इन्भेष्टमेण्ट बैंकको १० प्रतिशत नगद फिर्ता योजना

कात्तिक २०, २०७४
इन्भेष्टमेण्ट बैंकको १० प्रतिशत नगद फिर्ता योजना
10-% (1)काठमाडौं, ५ असोज-  नेपालीहरुको महान चाडपर्वहरुलाई लक्षित गरी नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र सो बैंकका भिसा कार्ड सञ्जालसँग आवद्ध रहेका बैंकहरुले १० प्रतिशत नगद फिर्ताको योजना सार्वजनिक गरेको छ । इन्भेष्टमेण्ट बैंक र सो बैंकसँग संयुक्त रुपमा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरी आफ्नो भिसा कार्डका ग्राहकहरुलाई एटिएमबाट पैसा मात्र नझिकी सिधै बिक्री केन्द्रहरुमा कार्डबाट भुक्तानी गर्ने बानीको विकास गराउने उद्देश्यले योजनाको घोषणा गरेको हो ।

यस योजना अन्तर्गत भिसा कार्डबाहकहरुले आफ्नो आन्तरीक भिसा डेविट वा क्रेडिट कार्ड नेपाल भित्रका विभिन्न रेष्टुरेन्ट तथा बिक्री केन्द्रहरुबाट सर–सामान खरिद गर्दा सम्पूर्ण खरिद मूल्यको १० प्रतिशत नगद आ–आफ्नो खातामा फिर्ता पाउँने छन् ।

साथै यस योजनाबाट लाभान्वित हुन कार्डबाट कारोबार गर्दा एकपटकमा कम्तीमा रु ५०० सम्मको सामान खरिद गर्नुपर्ने हुन्छ भने कार्डबाहकले प्रत्येक दिन रु १०००  सम्म मात्र नगद फिर्ता पाउनेछन् । यस योजनाबाट सेन्चुरी बंैक लि., ग्लोबल आइएमई बैंक लि., कुमारी बैंक लि.,महालक्ष्मी विकास बैंक लि., मेगा बैंक नेपाल लि., एनसिसि बैंक लि., नेपाल इन्भेष्टमेण्ट बैंक लि., राष्ट्रिय वाणिज्य बैंक लि., सानिमा बैंक लि. र टुरिजम डेभलपमेन्ट बैंक लि. का भिसा कार्ड प्रयोगकर्ताहरु लावान्वित हुन सक्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्