
पश्चिम नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
विद्युत्को खम्बामा बालिएको बत्ती निभाउने क्रममा उनलाई करेन्ट लागेको हो ।
आज बिहान ६ बजेको समयमा रामग्राम नगरपालिका–७ बस्ने जयप्रकाश यादव सोही वडाको उजैनीमा रहेको खम्बाको बत्ती निभाउन गएका थिए ।सोही क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए ।
करेन्ट लागेका यादवलाई उपचारका लागि जिल्लाको पृथ्वीचन्द्र अस्पतालमा ल्याइएको थियो ।
उनलाई अस्पतालका डाक्टरले उपचारका क्रममा ६ः४० बजे मृत्यु भएको घोषणा गरेका हुन् ।
यादवलाई करेन्ट लागेको स्थानमा इन्टरनेट तथा अन्य तार भुइँसम्म लत्रिएको अवस्थामा रहेको स्थानीयको भनाइ छ ।