उत्तरी छिमेकी देश चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रवार दिउँसो छेन्दू पुगेका छन् ।
उनलाई छेन्दूमा सिचुवान प्रान्तका भाइस गभर्नर याङ सिङपिङ र प्रान्तीय सरकारका डेपुटी सेक्रेटरी जेनरल जिसिआओपेङलगायत अधिकारीले स्वागत गरेका थिए ।
शुक्रवार नै प्रधानमन्त्री प्रचण्डले जाइन्ट पाण्डा ब्रिडिङ (प्रजनन्) अनुसन्धान केन्द्रको अवलोकन गर्ने उनको सचिवालयले जनाएको छ ।
यस्तै, सिचुवान प्रान्तका पार्टी सचिव वाङ सिआओहुई नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलसँग द्विपक्षीय बैठकमा सहभागी पनि हुने कार्यक्रम छ ।
प्रधानमन्त्री प्रचण्ड साताव्यापी भ्रमण सकेर शनिवार स्वदेश फर्कने छन् ।