२५ जेठ २०८३, सोमबार

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा कैलालीका राहत शिक्षकविरुद्ध मुद्दा दायर

असोज १२, २०८०
काठमाडौं
नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा कैलालीका राहत शिक्षकविरुद्ध मुद्दा दायर
फाइल फोटो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एक राहत शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २ साडेपानीस्थित दशरथ माध्यमिक विद्यालयमा राहत शिक्षकमा कार्यरत महेश शाहविरुद्ध शुक्रवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

प्रवक्ता दाहालका अनुसार शाहले इण्टरमिडियटको सर्टिफिकेट नक्कली बनाएर पेस गरी अध्यापन गरिरहेको उजुरी आयोगमा परेको थियो ।

अनुसन्धानका क्रममा शाहले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कूल ऐण्ड इण्टरमिडिएट एजुकेशन, यूपी, राजकीय हुसेनावाद इण्टर कलेज भारतबाट प्राप्त गरेको भनिएको प्रमाण पत्र नक्कली भएको पुष्टि भएको थियो । 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजायको मागदाबीसहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्