२४ जेठ २०८३, आइतबार

चिन्तामणि सिवाकोटीको 'सुगा नाच्छे पिँजडामा...' सार्वजनिक [भिडियोसहित]

असोज १२, २०८०
काठमाडौं
चिन्तामणि सिवाकोटीको 'सुगा नाच्छे पिँजडामा...' सार्वजनिक [भिडियोसहित]

नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीद्वारा रचित 'सुगा नाच्छे पिँजडामा...' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रताप दास र एलिना चौहानको स्वरमा रहेको गीतमा अर्जुन पोखरेलको संगीत र विषम आचार्यको एरेन्ज रहेको छ ।

नगरकोटका सुन्दर दृश्यहरू समेटिएको म्युजिक भिडियोमा पुष्प खड्का र गरिमा शर्मा जोडीलाई देख्न सकिन्छ ।

चर्चित निर्देशक कृष्णदेव रुपाखेतीले निर्देशन गरेको म्युजिक भिडियो छायाँकार मुकेश हुमागाईंले खिचेका हुन् भने राहुल बराइलीले कोरियोग्राफी गरेका छन् ।

भिडियो सम्पादनको काम भने विनोद बामले गरेका छन् ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्