खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ ।

काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत खोला किनारका करिडोरले उपत्यकाको मूल सडकमा सवारी चाप कम पर्दै आएको छ ।

सडक छेउमा रोपिएका विरुवा तथा फूलहरूले बाटोलाई झनै आकर्षित बनाएको छ । कतिपय स्थानमा पार्क पनि निर्माण भएका छन् ।

जसका कारण बिहान बेलुका हिँड्न, बालबालिका खेलाउन पनि सहज भएको छ । तर खोलामा बग्ने दुर्गन्धित पानीले भने नाक छोपेर हिँड्नु पर्ने अवस्था छ ।

उपत्यकामा वैकल्पिक मार्ग खोज्ने क्रममा २०५१ सालपछि यो अवधारणा अघि सरेको पाइन्छ ।











भिडियो