×

NMB BANK
NIC ASIA

प्रकाशको गृहजिल्लामा ‘परदेशी २’ को प्रिमियर, दर्शकले भने – चलचित्रले समाजलाई झल्काएको छ

काठमाडाैं | असोज १३, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

यही असोज २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको मल्टिस्टारर चलचित्र ‘परदेशी २’को बागलुङमा प्रिमियर शो गरिएको छ ।

Muktinath Bank

चलचित्रको मुख्य भूमिकामा रहेका प्रकाश सपूतको गृहजिल्लामा शुक्रवार बेलुका गरिएको प्रिमियरमा अधिकांशले चलचित्रले हाम्रो समाजलाई झल्काएको भन्दै खुलेर प्रसंशा गरेका छन् । ​​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रिमियरमा चलचित्र हेरेका बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले परदेशको सपना देख्ने आम नेपालीहरूको कथाले आफ्नो मन छोएको बताए । 


Advertisment
Nabil box
Kumari

‘हाम्रो हावापानी, संस्कार, संस्कृति, भूगोल, देशसँग सुहाउँदो किसिमको चलचित्र बनेको छ’ उनले भने, ‘जति सुन्दर देशमा गए पनि मन आफ्नै देशमा हुन्छ भन्ने कुरा चलचित्रले देखाउन खोजेको छ ।’ 

Vianet communication
Laxmi Bank

चलचित्र हेरेर निस्किँदै गर्दा अधिकांश आमाहरूका आँखा रसाएको देखिन्थे । उनीहरूले चलचित्रले आफ्नै कथा देखाएको जस्तो लागेको बताएका थिए । 

चलचित्र हेरिरहँदा परदेशमा रहेका छोरा/छोरीलाई सम्झिएर आफूहरूको आँखाबाट आँसु खसेको महिलाहरूले बताएका थिए । राम्रो सन्देशसमेत दिने बताउँदै आम नेपालीहरूले हेर्नुपर्ने मौलिक चलचित्र बनेको दर्शकको प्रतिक्रिया थियो । ​

बीएसआर मुभिजमा गरिएको प्रिमियरमा दर्शकबाट पाएको प्रतिक्रियाले निर्माण टिम उत्साहित देखिएको छ । 

अभिनेता प्रकाश सपूतले आफ्नै जन्म ठाउँमा जिल्लावासीसँग बसेर चलचित्र हेरिरहँदा फरक अनुभूति भएको बताए । 

उनले चलचित्रमा आफ्नो इन्ट्री हुँदै गर्दा दर्शकबाट आएको चिच्याहटले पुराना दिन सम्झाएको बताए । 

‘चलचित्रमा जब मेरो इन्ट्री हुन्छ । सबै जना चिच्याउनुभएको थियो । मलाई जिस्क्याएर हो वा माया गरेर हो । वा हाम्रो गाउँको हिरो भयो भनेर हो’ उनले भने, ‘पहिले–पहिले चलचित्र हेर्न आउँदा पनि हामी हिरोहरूको इन्ट्रीमा त्यसैगरी हुटिङ गर्थ्यौं । यहाँ त्यसरी नै दर्शकबाट आवाज आउँदा भावुक पनि भएँ । खुशी पनि लाग्यो ।’ ​

सबै जनाको सकारात्मक प्रतिक्रियाले आफू उत्साहित रहेको प्रकाशले बताए । 

अभिनेत्री केकी अधिकारीले राजधानी बाहिरको प्रियिमरमा सहभागी हुन पाउँदा फरक अनुभूति गरेको बताइन् । 

उनले प्रदर्शनको दुई साताअघि प्रिमियर हुँदै गर्दा ‘नर्भस’ महसुस भए पनि चलचित्र हेरिसकेपछि सबैको सकारात्मक प्रतिक्रियाले खुशी लागेको बताइन् । 

‘दर्शकहरू चलचित्रको कथामा एकदमै कनेक्ट हुनुभयो । छोराछोरीको पीडामा आफ्ना विदेश गएका छोराछोरीलाई देख्नुभयो । बुवाआमाको पीडामा कतिले आफूलाई कनेक्ट गर्नुभयो । कतिले आफ्ना बुवाआमालाई सम्झिनुभयो’ उनले भनिन् ‘चलचित्रले राम्रो खालको व्यापार गर्ने विश्वास लिएकी छु । मन जित्छ भन्ने लागेको छ ।’ 

निर्देशक नारायण रायमाझीले चलचित्र दर्शकलाई मन छुने बनेको रहेछ भन्ने प्रिमियरपछि महसुस गरिरहेको बताए । 

‘आफ्नो चलचित्रलाई आफैले मूल्यांकन गर्न सकिँदैन । तर दर्शकको बीचमा बसेर चलचित्र हेरिरहँदा इन्जोइ पनि उत्तिकै गर्नुभएको थियो ।

भावनामा पनि उत्तिकै डुब्नुभएको थियो’ उनले भने, ‘सबैलाई मन छुने चलचित्र बनेको रहेछ भन्ने महसुस भयो । एकदमै खुशी छु ।’ 

null

प्रिमियरअघि जिल्लावासीले बाजागाजासहित चलचित्रको टिमलाई विशेष स्वागत गरेका थिए ।

युवापुस्तामा बढ्दो विदेश मोहको कथामा निर्माण भएको चलचित्रमा प्रकाश र केकीका साथमा वर्षा शिवाकोटी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सविन बास्तोला लगायतको अभिनय छ । ​

रमेश बिजीको कथा एवं पटकथा लेखन रहेको चलचित्र प्रकाशको डेब्यु चलचित्र हो । 

राजेश बंशल र निर्देशक नारायण रायमाझीले संयुक्त रुपमा चलचित्रको निर्माण गरेका हुन् । 

निर्देशक रायमाझीले यसअघि निर्देशन गरेका ‘गोर्खा पल्टन’ र ‘परदेशी’ दुवै चलचित्र बक्स अफिसमा हिट भएका थिए । ​

मानकृष्ण महर्जनको छायांकन रहेको ‘परदेशी २’मा अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, दीर्घ खड्काको सम्पादन छ । 

पहिलो चरणको देश दौडाहाको अन्तिम दिन गरिएको प्रिमियरपश्चात चलचित्रको टिम काठमाडौं फर्किएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x