
सिरहा, ५ असोज - सिरहाको औरही गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार सिद्धार्थ यादव विजयी भएका छन् । उनले संघीय समाजवादी फोरमका उम्मेदवार शिवजी यादवलाई ६ भोटले पछि पार्दै अध्यक्ष पद जितेका हुन् ।
उनले २६ सय ५८ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी शिवजी यादवले २६ सय ५२ मत ल्याए ।
विजयी यादव कांग्रेसले टिकट नदिएपछि माओवादी केन्द्रबाट चुनाव लडेका थिए । तरुण दलका अध्यक्ष रहेका उनी कांग्रेसबाट टिकट नपाएपछि उम्मेदवार मनोनयन दर्ताको दिन माओवादी प्रवेश गरेका थिए ।
उपाध्यक्षमा भने संघीय समाजवादी फोरमकी सितादेवी यादव विजयी भएकी छन् । औरहीको ५ वटा वडा मध्ये २ वटामा माओवादी केन्द्रले जितेको छ ।
दुईवटामा संघीय समाजवादी फोरम र एउटा वडामा मात्रै नेपाली काँग्रेसले जितेको छ ।