२१ असार २०८३, आइतबार

मंगोलियामाथि कीर्तिमानी जीत निकालेको नेपालले माल्दिभ्सविरुद्ध पहिले ब्याटिङ गर्दै

असोज १४, २०८०
काठमाडौं
मंगोलियामाथि कीर्तिमानी जीत निकालेको नेपालले माल्दिभ्सविरुद्ध पहिले ब्याटिङ गर्दै

चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा मङगोलियाविरुद्ध कीर्तिमानी जीत निकालेको नेपाल आज (आइतवार) माल्दिभ्ससँग भिड्दैछ ।  नेपालले माल्दिभ्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

गत असोज १० गते नेपालले मंगोलियाविरुद्ध कीर्तिमानी २७३ रनको जीत हात पारेको थियो । 

यसअघि चेक रिपब्लिकले सन् २०१९ मा टर्कीविरुद्ध सर्वाधिक २५७ रनको फराकिलो जीत हात पारेको थियो । अब यो रेकर्ड नेपालको नाम आएको छ । योसँगै नेपाल र नेपाली खेलाडीले १० वटाभन्दा बढी कीर्तिमान बनाएका थिए ।

माल्दिभ्समाथि पनि नेपालले सहजै जीत निकाल्ने अनुमान गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्