०७ असार २०८३, आइतबार

कमारा प्रथा उन्मूलन  कसले  गरे  ?

असोज १४, २०८०
काठमाडौं
कमारा प्रथा उन्मूलन  कसले  गरे  ?

कमारा  प्रथा  उन्मूलन  कसले  गरे   भन्ने  जिज्ञासामा  प्रायः  सबैको  उत्तर  हुन्छ–  तत्कालीन  प्रधानमन्त्री चन्द्रशमशेर जङ्गबहादुर राणा । तर यो इतिहास गलत लेखिएको छ । 

कमारा प्रथाको उन्मूलनको थालनी चन्द्रशमशेर नभई तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले नै गरेका थिए । उनले दासदासीको बेचबिखनमा मनपरी रोक्न मूल्य तोकिदिएका थिए । पछि उनले मुलुकी ऐनमार्फत यो प्रथाको उन्मूलनको प्रयास गरे पनि खासै सफल हुन सकेन ।

उनीपछिका प्रधानमन्त्री रणोद्दीप र वीरशमशेरको ध्यान यसतर्फ जान सकेन तर जम्माजम्मी ११४ दिन श्री ३ महाराजको पदवी गुथ्न पाएका देवशमशेरले यसलाई निरन्तरता दिए ।  धनकुटा धपाइनु केही दिनअघि देवशमशेरले ‘ज्यू मासियाका जातको’ नयाँ ऐन जारी गरेका थिए ।  संवत्  १९५८  मिति  आषाढ  बदी  १०  मा  ऐन जारी भएको थियो । गोरखापत्रमा खबर छ । 

कमेन्ट गर्नुहोस्