चालुु आर्थिक वर्षको दुुई (साउन र भदौ) महिनामा नौ अर्ब रुपियाँ बराबरको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालुु आवको दुुई महिनामा खाद्यान्न आयात २२.८१ प्रतिशतले बढेर नौ अर्ब ३१ करोड ३८ लाख आठ हजार रुपियाँ बराबरको आयात भएको हो ।
गत वर्ष सो अवधिमा सात अर्ब ५८ करोड १२ लाख ५७ हजार रुपियाँ बराबरको खाद्यान्न आयात भएको थियो । दुुई महिनामा सबैभन्दा धेरै दुुई अर्ब ७६ करोड २१ लाख छ हजार रुपियाँ बराबरको दुुई लाख ५३ लाख हजार ३२२ क्विन्टल चामल आयात भएको खबर गोरखापत्रमा छापिएको छ ।