११ असार २०८३, बिहीबार

९८ प्रतिशत व्यावसायिक फर्ममा कुुनै न कुुनै कैफियत

असोज १५, २०८०
काठमाडौं
९८ प्रतिशत व्यावसायिक फर्ममा कुुनै न कुुनै कैफियत

वाणज्य,  आपूर्ति  तथा  उपभोक्ता  संरक्षण  विभागले आर्थिक वर्ष २०८०/८१ साउनयता बजार अनुगमन गरेकामध्ये ९८ प्रतिशत व्यावसायिक फर्ममा कुुनै न कुुनै कैफियत भेटिएको छ ।

विभागले २०८० साउनदेखि २०८१ असोज १२ गतेसम्म उपत्यकामा अनुगमन गरेका एक हजार १४६ व्यावसायिक फर्मको अनुुगमन गरेकामा २६ वटा बाहेक सबैमा कुुनै न कुुनै कैफियत भेटिएको हो । विभागका  अनुसार  यस  अवधिमा  अनुगमन  गरेकामध्ये ३४७ व्यावसायिक फर्मलाई न्यूनतम पाँच हजारदेखि तीन लाख रुपियाँसम्म जरिबाना गरी ९२ लाख २५ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ भने उपभोग्य म्याद सकिएका सामान बिक्री गरेका ३४ वटा व्यवसायी फर्मबाट एक करोड एक लाख ९० हजार रुपियाँ बराबरको सामान नष्ट गरेको विभागका निर्देशक एवं सूचना अधिकारी आनन्दराज पोखरेलले जानकारी दिए । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्