२६ जेठ २०८३, मंगलबार
एसियाली खेलकुद

भारतविरुद्ध नेपाल: सोमपालले दिलाए दोस्रो सफलता

असोज १६, २०८०
काठमाडौं
भारतविरुद्ध नेपाल: सोमपालले दिलाए दोस्रो सफलता

चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको पहिलो क्वार्टरफाइनल खेलमा भारतविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ । 

नेपालका लागि सोमपाल कामीले दोस्रो सफलता दिलाए । उनले भारतका तिलक वर्मालाई आउट गरे । १० बल खेलेका वर्मा २ रनमै आउट भए । 

यसअघि दीपेन्द्र सिंह ऐरीले पहिलो सफलता दिलाएका थिए । उनले भारतका कप्तान रितुराज गायकवाडको विकेट लिएका हुन् । उनी २३ बलमा २५ रन बनाएर आउट भए ।

नेपालविरुद्ध खेल्न भारतले दोस्रो रोजाईको टोली पठाएको छ । भारतीय टोलीमा इन्डियन प्रिमियर लिग (आइपीएल) मा सानदार प्रदर्शन गर्दै आएका खेलाडी छन् । 

नेपाल समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै अन्तिम आठमा पुगेको हो । भारत भने सिधै क्वार्टरफाइनल खेल्न लागेको हो ।​ आजको विजेता टोली सेमिफाइनल पुग्नेछ । 

नेपालले टी-२० आईमा भारतसँग पहिलो पटक खेल्न लागेको हो। ओडीआईमा भने अघिल्लो महिना एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्