०१ असार २०८३, सोमबार

व्यापारीको बदमासीले चिनीको मूल्यवृद्धि भएको रहस्य खुल्यो

असोज १६, २०८०
काठमाडौं
व्यापारीको बदमासीले चिनीको मूल्यवृद्धि भएको रहस्य खुल्यो

नेपालीका  ठुला  चाडपर्व  (दसैँतिहार  र  छठ) मा चिनी अभाव नहुुने सरकारले जनाएको छ  ।  बजारमा  लगभग  ५०  हजार  टन  चिनी  मौज्दात रहेकाले तत्कालै चिनीको अभाव नहुुने बताइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले  चिनीको  मूल्य  विषयमा  अध्ययन  गर्न  विभागका  निर्देशकको  नेतृत्वमा  गठित  तीन सदस्यीय समितिको प्रारम्भिक प्रतिवेदनमा सोबारेमा उल्लेख गरिएको हो ।

पछिल्ला   १५/२०   दिनयता   बजारमा   चिनीको भाउ अत्यधिक वृद्धि भएपछि विभागले चिनीको मूल्य अध्ययनका लागि समिति गठन गरेर अध्ययन सुुरु गरेको थियो । अनुुगमनको प्रारम्भिक  प्रतिवेदन  अनुसार  बजारमा  पर्याप्त  चिनी हुँदाहुँदै पनि कृत्रिम अभाव गरेर चिनीको मूल्य बढाएको पाइएको खबर गोरखापत्रमा छापिएको छ । 

विभागका  अनुसार  अहिले  बजारका  विभिन्न ठाउँका गोदाममा ५० हजार टन चिनी मौज्दात रहेको पाइएको छ । प्रारभ्मिक प्रतिवेदनमा यस परिमाणको चिनी मौज्दात रहेको भेटिए पनि पूर्ण  प्रतिवेदन  आउँदा  अहिलेको  परिणाममा  तलमाथि  हुुन  सक्ने  विभागका  महानिर्देशक  तीर्थराज चिलवालले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्