२४ जेठ २०८३, आइतबार
एसियाली खेलकुद

भारतले दियो नेपाललाई २०३ रनको लक्ष्य

असोज १६, २०८०
काठमाडौं
भारतले दियो नेपाललाई २०३ रनको लक्ष्य

चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको पहिलो क्वार्टरफाइनल खेलमा भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको हो । । 

भारतका लागि यसश्वी जैसवालले सर्वाधिक सय बनाए । ४९ बल खेलेका उनी १०० रन बनाएर आउट भए । उनलाई दीपेन्द्र सिंह ऐरीले आउट गरेका थिए । दीपेन्द्रले दुई विकेट लिए । दीपेन्द्रले भारतका कप्तान रितुराज गायकवाडको समेत विकेट लिएका थिए । उनी २३ बलमा २५ रन बनाएर आउट भए ।

भारतका लागि रिंकु सिंहले ३७ रन बनाए । यस्तै शिवम दुवे र रुतुराज गायकवाडले २५ रन बनाए । 

सन्दीप लामिछानेले एक विकेट लिए । उनले भारतका जितेश शर्मालाई आउट गरे । चार बल खेलेका शर्मा ५ रन बनाएर आउट भए । 

सोमपाल कामीले भारतका तीलक वर्मालाई आउट गरे । १० बल खेलेका वर्मा २ रनमै आउट भए । 

नेपालविरुद्ध खेल्न भारतले दोस्रो रोजाईको टोली पठाएको छ । भारतीय टोलीमा इन्डियन प्रिमियर लिग (आइपीएल) मा सानदार प्रदर्शन गर्दै आएका खेलाडी छन् । 

नेपाल समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै अन्तिम आठमा पुगेको हो । भारत भने सिधै क्वार्टरफाइनल खेल्न लागेको हो ।​ आजको विजेता टोली सेमिफाइनल पुग्नेछ । 

नेपालले टी-२० आईमा भारतसँग पहिलो पटक खेल्न लागेको हो। ओडीआईमा भने अघिल्लो महिना एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्