२९ जेठ २०८३, शुक्रबार
बझाङमा भूकम्प

बझाङ सदरमुकामका केही घर भत्किए, गाउँको रिपोर्ट आउन बाँकी

असोज १६, २०८०
काठमाडौं
बझाङ सदरमुकामका केही घर भत्किए, गाउँको रिपोर्ट आउन बाँकी

बझाङमा मंगलवार गएको भूकम्पका कारण सदरमुकाम चैनपुरका केही घर भत्किएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा प्रमुख डीआईजी भरतबहादुर बोहोराले लोकान्तरलाई दिएको जानकारीअनुसार बझाङका घरहरू भत्किएका हुन् । 

‘हामीलाई सबै रिपोर्ट आइसकेको छैन, अहिलेको प्रारम्भिक विवरण अनुसार सदरमुकामका घरहरू भत्किएका छन् । अन्य गाउँहरूमा भएको क्षतिको विवरण आएको छैन,’ डीआईजी बोहोराले लोकान्तरसँग भने ।

salt training

कमेन्ट गर्नुहोस्