
लालबकैया नदीको ठेक्कासम्बन्धी भ्रष्टाचार मुद्दामा रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपाल राय यादव दोषी ठहर भएका छन् ।
अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल र सदस्य न्यायाधीश खुसीप्रसाद थारुको इजलासले यादवलाई मंगलवार दोषी ठहर गरेको विशेष अदालतका सूचना अधिकारी धनबहादुर अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार बाँकी २० जनाले सफाइ पाएका छन् । मेयर यादवका सम्बन्धमा सजाय निर्धारण असोज २४ गते गरिने अधिकारीले बताए ।
यस मुद्दामा उपमेयर कान्तिदेवी, तत्कालीन वडाध्यक्षहरू भविछन राय, सञ्जयप्रसाद शेख, एजाज अहमद, दीपनारायण साह, उमाशकर साहलगायत २१ जनालाई प्रतिवादी बनाइएको थियो ।
मेयरलाई मात्र दोषी ठहर गरिएको अधिकारीले बताए ।