
अमेरिका तथा उत्तर कोरियाबीचको तनाव पछिल्ला दिनहरुमा बढीरहेको छ ।
संयुक्त राष्ट्र संघको सभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गर्दै तानाशाह किम र उत्तर कोरियालाई ध्वस्त बनाउने चेतावनी दिएका थिए । त्यसको जवाफमा किम जोन उनले भीडियोबाट नै उत्तर दिएका छन् । उनको भीडियो कम मात्रामा देख्न पाइन्छ ।
उन ले भिडियो सम्बोधन गरेको फोटो उत्तर कोरियाको समाचार संस्थाले सार्वजनिक गरेको छ ।
किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मानसिक विक्षिप्त बताउँदै ट्रम्पको खिल्ली उडाएका छन् । उनले ट्रम्पलाई संयुक्त राष्ट्रसंघमा उत्तरलाई सक्ने चेतावनी दिएको बदलामा ठूलो मूल्य चुकाउनु पर्छ ।
ट्रम्पले मंगलवार संयुक्त राष्ट्र संघको महासभामा आफ्नो पहिलो सम्बोधनमार्फत उत्तर कोरियालाई चेतावनी दिँदै अमेरिका र उसका सहयोगीलाई हमला गरे वासिंटनले पूर्ण रुपमा उत्तर कोरिया ध्वस्त पारिदिने चेतावनी दिएका थिए ।