सप्तरी ६ असोज– स्थानीय तहको पहिलो र दोस्रो चरणमा एउटा गाउँपालिकाको अध्यक्ष जितेको नयाँ शक्तिले सप्तरीको एउटा गाउँपालिकामा अग्रता लिएको छ ।
छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा नयाँ शक्तिका उम्मेदवार अन्य पार्टीका उम्मेदवारभन्दा दोब्बर मतले अगाडि छन् ।
शुक्रवार मध्याह्नसम्म नयाँ शक्तिका सूर्यनारायण मण्डलले २ हजार १ सय १८ मत प्राप्त गर्दा दोस्रोमा रहेका राजपाका विमलदेवी यादवले १ हजार १३ मत प्राप्त गरेका छन् । माओवादीका जयप्रकाश यादवले ९ सय १३ मत प्राप्त गरेका छन् ।
छिन्नमस्तामा नयाँ शक्तिले हँसिया चिह्न लिएर चुनाव लडेको थियो । चुनाव प्रचारको अन्तिम दिनमा नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराइले सम्वोधन गरेका थिए ।