०५ साउन २०८३, मंगलबार

प्रधानसेनापति आज बेलायत जाँदै

असोज २१, २०८०
काठमाडौं
प्रधानसेनापति आज बेलायत जाँदै

प्रधानसेनापति प्रभुराम शर्मा आइतबार बेलायतको औपचारिक भ्रमणमा जाने भएका छन् । 
 
बेलायतका प्रधानसेनापति जनरल सर प्याट्रिक सान्ड्रेसको निमन्त्रणामा उनी बेलायत जान लागेका हुन् । 
उनको यही असोज २६ गतेसम्म बेलायतको भ्रमण हुने बताइएको छ । 
यसैबीच प्रधानसेनापतिको बेलायत भ्रमणबारे नेपालका लागि बेलायतका राजदूत रब फेनसँग बुधबार जङ्गी अड्डामा छलफल भएको  सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्