०६ असार २०८३, शनिबार

सशस्त्र प्रहरी बल नेपालले चाडपर्वको अवसरमा निःशुल्क बस संचालन गर्ने

असोज २१, २०८०
काठमाडौं
सशस्त्र प्रहरी बल नेपालले चाडपर्वको अवसरमा निःशुल्क बस संचालन गर्ने

काठमाडौँ । सशस्त्र प्रहरीले नेपालीहरुको महान चाडपर्व बडादसैँ, तिहार र छठको अवसर पारेर बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरुको परिवारजनलाई लक्षित गरी निःशुल्क रुपमा २ वटा बस सेवा संचालन गर्ने भएको छ ।

चाडपर्वको बेला घरविदा जाने सशस्त्र प्रहरी कर्मचारीहरुको आवतजावतमा यातायात सहजताको लागि गत बर्षदेखि संचालन भएको निःशुल्क बस सेवाले यस बर्ष पनि निरन्तरता पाउने भएको सशस्त्र प्रहरीको भनाइ छ । 

 सशस्त्र प्रहरीको प्रधान कार्यालयबाट छुट्ने एउटा बसले काठमाडौं, नारायणगढ, बुटवल, भालुवाङ हुँदै कञ्चनपुरको गड्डाचौकीसम्म सेवा प्रदान गर्ने छ, भने अर्को बसले नारायणगढ, बर्दिबास, सप्तरी, पकली हुँदै
झापाको काँकडभिट्टासम्म सेवा प्रदान गर्ने सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले बताए । 

बडादशैंको अवसरमा काँकडभिट्टाको लागि दिउँसो २ बजे र गड्डाचौकीको लागि विहान १० बजे मुख्यालयबाट छुट्ने दुई वटा बसले असोज २४ गतेदेखि कार्तिक १२ गतेसम्म सेवा प्रदान गर्नेछ । त्यस्तै तिहार र छठ पर्वको अवसरमा संचालन हुने बस समेत कार्तिक २४ गतेदेखि मंसिर ४ गतेसम्म सोही समयमा मुख्यालयबाट छुट्ने वरिष्ठ उपरीक्षक खड्काले जानकारी दिए । 
        चाडपर्वको बेला सशस्त्र प्रहरी बल नेपालका अन्य पायक पर्ने इकाईहरुमा समेत बस संचालनको लागि समन्वय अधिकृतको व्यवस्था गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्